Information is intelligence
HomeSportsस्पेन र पोर्चुगलको खेल बराबरी

स्पेन र पोर्चुगलको खेल बराबरी

- Advertisement -spot_img

मैत्रीपूर्ण फुटबल खेलमा पोर्चुगल र स्पेनले गोल रहित बराबरी खेलेका छन् । नेसन्स लिगको तयारीका लागि दुवै टिम मैत्रीपूर्ण खेलमा उत्रिएका थिए ।

लुइस एनरिके नेतृत्वको स्पेनले पहिलो हाफ नियन्त्रणमा राखेको थियो । तर दुई पटकको प्रहार क्रसबारमा लागेर फर्किएपछि पोर्चुगल अभागी बन्यो । युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र रेनेटो साञ्चेजको प्रहार क्रसबारमा लागेपछि पोर्चुगलले अग्रताको अवसर गुमाएको थियो ।

करिब ५० हजार दर्शक क्षमताको जोस अलवलेड स्टेडियममा करिब २५ सय दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो । दुवै टिम सन् २०१८ को विश्वकप पछि पहिलो पटक मैदानमा भेटिएका थिए । रोनाल्डोको ह्याट्रिक प्रेरित पोर्चुगलले विश्वकपमा स्पेनसंग ३–३ गोलको बराबरी खेलेको थियो ।

उल्भ्सका विङ्गर एडम ट्रोरेले दोस्रो हाफमा स्पेनका लागि डेब्यु गरेका थिए । उनी गोलको नजिक समेत पुगेका थिए । तर पोर्चुगलका पेट्रिसियोले त्यसलाई असफल बनाए । खेलको अन्तिममा एट्लेटिको मड्रिडका आक्रमक मिडफिल्डर जोआओ फिलिक्सको प्रहारलाई स्पेनका किपा एरिजाबलागाले राम्रो बचाउ गरेका थिए ।

सर्जियो रामोसले स्पेनका लागि १ सय ७३ औं खेलमा मैदान उत्रिएका थिए । उनले समेत स्पेनलाई जित नजिक पुर्याउन खोजेका थिए । तर उनको हेड पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु