Information is intelligence
HomeInternationalडब्ल्यूएचओले सन् २०२० को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त

डब्ल्यूएचओले सन् २०२० को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त

- Advertisement -spot_img

एजेन्सी, २२ असोज । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सन् २०२० को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले मंगलबार यस वर्षको अन्तिमसम्ममा खोप आउन सक्ने आशा रहेको बताए।

गेब्रेयेससले खोप उपलब्ध भएसँगै समान वितरणका लागि विश्वभरका नेताहरुले सद्भाव र राजनीतिक प्रतिबद्धता जनाएको पनि उल्लेख गरे। कोरोनाविरुद्धको खोप निर्माणका लागि डब्ल्यूएचओले कोभ्याक्स कार्यक्रम अघि सारेको छ ।

यो कार्यक्रम अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर दुई अर्ब डोज खोप वितरण गर्ने लक्ष्य लिइएको छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही सातामा नै अमेरिकी कम्पनीको खोप तयार हुने दाबी गरे। त्यस्तै रुसले तेस्रो चरणको परीक्षण हुनुभन्दा अगाडि नै खोपको घोषणा गरिसकेको छ ।

उता चीनले पनि तेस्रो चरणको परीक्षण जारी रहेकै बेला खोपको आपतकालीन प्रयोग सुरु गरिसकेको बताएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु