Information is intelligence
HomeSportsलंका प्रिमियर लिगमा सन्दीप लामिछानेसहित नेपालका दुई खेलाडी

लंका प्रिमियर लिगमा सन्दीप लामिछानेसहित नेपालका दुई खेलाडी

- Advertisement -spot_img

काठमाडौं । लंका प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा सन्दीप लामिछानेसहित नेपालका दुई खेलाडी परेका छन् । श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिगको ड्राफ्टमा नेपालबाट सन्दीप र सुमन गौतम परेका हुन् ।

सुमन गौतम हाल अस्ट्रेलियमा बस्दै आएका छन् । उनी पछिल्लो समय बिग ब्यास लिग खेल्ने भन्दै चर्चामा आएका थिए ।
ड्राफ्टमा रहेको कुल ४३६ खेलाडीको अक्सन भोलि हुँदै छ । ड्राफ्टको सूचीमा दुई सय ७१ जना विदेशी खेलाडी छन् । यी नै खेलाडीबाट प्रतियोगितामा सहभागी पाँच टिमले अक्सनबाट आफ्नो टोलीमा अनुबन्ध गर्नेछन् ।

प्रतियोगितामा कोलम्बो लायन्स, दम्बुला हक्स, गाले ग्लाडियटर्स, जाफ्ना कोब्राज र क्यान्डी टस्कर्स गरी पाँच टिमको सहभागिता छ । प्रतियोगिता नोभेम्बर २१ तारिखबाट सुरु हुनेछ । यसअघि विभिन्‍न समयमा प्रतियोगिताको मिति तय भए पनि कोरोना भाइरसका कारण दुईपटक सारिएको थियो ।

खेलाडीलाई ड्राफ्टको पाँच श्रेणीमा राखिएको छ । सन्दीप रहेको श्रेणीका खेलाडीले मूल्य ५० देखि ६० हजार अमेरिकी डलर छ । त्यस्तै अर्का नेपाली खेलाडी सुमन गौतम रहेको श्रेणीका खेलाडीको मूल्य १५ देखि २५ हजार अमेरीकी डलर छ । प्रतियोगिताका नियमअनुसार एक टिमले ड्राफ्टबाट ६ विदेशी खेलाडी लिन पाउनेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु