Information is intelligence
HomeNewsपूर्व महिला लडाकुकाे घर बनाउँ अभियान

पूर्व महिला लडाकुकाे घर बनाउँ अभियान

- Advertisement -spot_img

नेपालमा हाल सामाजसेवा गर्ने लहर चलेकाे छ । काेही आफ्नाे सपना पुरा गर्ने ध्येयका साथ त काेही सामाजिक मनाेभावना र आवश्यकताकाे परिपूर्ति गर्नसमेत समाजसेवा गरिरहेकाे पाइन्छ ।

नेपालमा पछिल्लाे ७ महिनादेखि लागेकाे लकडाउनका कारण अभावमा परेकाहरूलाई खानपान र लत्ताकपडा सहयाेग गर्नेहरू प्रसस्तै देखिएका थिए । त्यस्तै सेराेफेराेमा सामाजिक कार्यमा लहर चलिरहेकै बेला नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायकाे नेतृत्वमा नयाँ अभियानकाे थालनी भएकाे छ । ‘ पूर्व महिला लडाकुकाे घर बनाउँ अभियान ‘ नाम दिइएकाे अभियान अन्तर्गत पूर्व छापामार लडाकु उषा थापाका लागि बर्दिबासमा नयाँ घर बनाइदिनका लागि सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरिएकाे पूर्व सचिवले जानकारी दिए ।

#पुर्ब_महिला_लडाकुको_घर_बनाउ_अभियानसहयोगको अपिल: यतिबेलासम्ममा रू १ लाख ३५ हजार जुटिसक्यो। आजभन्दा ३६ घंटा अघिसम्म…

Posted by Bhim Upadhyaya on Wednesday, 7 October 2020

उनले आफ्नाे फेसबुकमा अभियानमार्फत संकलन भएकाे सहयाेगकाे विवरण दिने गरेका छन् । सहयाेगी मनहरूद्वारा सहयाेग भएमा उषा थापाले नयाँ संसार पाउने भन्दै अभियान सञ्चालन गरिएकाे उनले बताए । उनले सहयाेगी मनहरू काेही हुनुहुन्छ भने स्वयम् उषा थापाकाे नाममा रहेकाे सिटिजन बैंककाे खाता नम्बर ०६४०१००००००२७०४५ बढैयाताल , बर्दियाकाे शाखामा रकम जम्मा गर्न सक्ने जानकारी आफ्नाे फेसबुक अकाउन्टमार्त दिने गरेका छन् । जसअनुसार आजसम्म करिब १ लाख ४० हजार रकम उठिसकेकाे र अब त्यति नै रकम उठेमा उषा थापाकाे लागि नयाँ घर निर्माण गर्न् सहज हुने उनले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु