Information is intelligence
HomeNewsपुर्वप्रधानमन्त्री नेपालद्वारा मनमोहन मार्गको शिलान्यास

पुर्वप्रधानमन्त्री नेपालद्वारा मनमोहन मार्गको शिलान्यास

- Advertisement -spot_img

सुशील सुवेदी | काठमाण्डौबाट साँखु हुँदै मेलम्ची जोड्ने मनमोहन मार्गको शिलान्यास भएको छ । पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज एक समारोहका बीच काठमाण्डौ र सिन्धुपाल्चाकको सिमाना नाङलेभारेमा सो सडकको शिलान्यास गरेका हुन् ।

मेलम्चीबाट बाहुनेपाटी, फट्केश्वर हुँदै साँखुबाट जाँदा छोटो दुरीमा नै काठमाण्डौ पुग्न सकिने हुँदा धेरै मेलम्चीभेगका स्थानीयले यही बाटो प्रयोग गर्दै आएका छन् । लामो समयसम्म मर्मत नहुँदा यो सडक जिर्ण भई दुर्घटनाको जोखिम बढेको थियो । सडक स्तरोन्नती भएपछि दुर्घटनामा कमि आउने अपेक्षा गरिएको छ भने सो मार्ग प्रयोग गर्दा लाग्ने समयमा पनि कमी आउनेछ ।

यो क्षेत्र मनमोहन अधिकारी निर्बाचित क्षेत्र पनि रहेकाले मनमोहन मार्गको अवधारणा विकास गरिएको हो । सिन्धुपाल्चोकको पश्चिमी भेगको प्रबेशद्वार रहेको र साँखु फड्केश्वर बाहुनेपाटी सडक स्तरोन्नति हुँदा सिन्धुवासिलाई प्रत्यक्ष लाभ हुने देखिन्छ।

कार्यक्रममा पुर्ब प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधब कुमार नेपालले विकास निर्माणको सन्दर्भमा देशले एक वर्ष भित्रै विभिन्न काम गरिरहेको देखिएको र चाबहिल सांखु सडक पटक पटक मन्त्री सहित लाग्दा पनि ढिलासुस्ती भएकोमा चिन्ता व्यक्त गरेका थिए ।

सडक शिलन्यास कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक २ का सांसद शेरबहादुर तामाङ, प्रदेश सांसद मणिराम फुंयाल, मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्याल लगायतको उपस्थिति रहेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु