Information is intelligence
HomeSportsमेस्सीको गोलको सहयोगमा अर्जेन्टिनाको विश्वकप छनोटमा जित

मेस्सीको गोलको सहयोगमा अर्जेन्टिनाको विश्वकप छनोटमा जित

- Advertisement -spot_img

लियोनल मेस्सीको गोलको सहयोगमा अर्जेन्टिनाले विश्वकप छनोटमा जित निकालेको छ ।

शुक्रबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो ।

अर्जेन्टिनाको जितमा एक मात्र गोल लियोनल मेस्सीले गरे । खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई जित दिलाएका हुन् ।

विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । उसले पहिलो खेलमा जित निकाल्दै तालिकामा तीन अंक जोडेको छ ।

अर्जेन्टिनाले अब ५ दिनपछि बोलिभियाको भ्रमण गर्नेछ । सोही दिन इक्वेडरले उरुग्वेसंग प्रतिस्पर्धा गर्नेछ ।

सन् २०१८ को विश्वकपका लागि अर्जेन्टिना तेस्रो स्थानमा रहदै छनोट भएको थियो । अर्जेन्टिना भन्दा अघि ब्राजिल र उरुग्वे रहेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु