Information is intelligence
HomeNewsबोक्सीको आरोप लगाएर कुटपिट गर्ने पक्राउ

बोक्सीको आरोप लगाएर कुटपिट गर्ने पक्राउ

- Advertisement -spot_img

सिरहा — बोक्सीको आरोप लगाएर महिलालाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार सिरहाको सीमावर्ती नवराजपुर गाउँपालिका–५ का २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरिएको हो ।

यादवलाई प्रहरीले भगवानपुर गाउँपालिकास्थित भारतीय सीमावर्ती ठाडीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका यादवसँगै ८ जनामाथि जिल्ला प्रहरीमा बोक्सीको आरोप कसुरसम्बन्धी मुद्दा दर्ता भएको छ । अन्य सात जना अझै फरार छन् । सिरहा प्रहरीका प्रवक्ता डीएसपी शालिग्राम शर्माका अनुसार गत भदौ २७ गते सोही ठाउँका मुर्तिदेवी यादवलाई प्रतिवादीहरुले बोक्सी आरोप लगाएर कुटपिट गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु