Information is intelligence
HomeInternationalविश्वमा पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार नयाँ कोरोना संक्रमित थपिए

विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार नयाँ कोरोना संक्रमित थपिए

- Advertisement -spot_img

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ६७ लाख ५३ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ५७ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १० लाख ६६ हजार ८५६ पुगेको छ । हालसम्म २ करोड ७६ लाख ६७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ३३ हजार ७६३ पुगेको छ । यहाँ हालसम्म २ लाख १७ हजार ७३८ हजार जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म ६९ लाख ६ हजार १५१ संक्रमित हुँदा १ लाख ६ हजार ५२१ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५० लाख २९ हजार ५३९ जना संक्रमित हुँदा १ लाख ४९ हजार ३४ जनाको मृत्यु भएको छ । रुसमा १२ लाख ६० हजार ११२ संक्रमित हुँदा २२ हजार ५५६ जनाको मृत्यु भएको छ । कोलम्बियामा ८ लाख ८६ हजार १७९ संक्रमित हुँदा २७ हजार ३३१ जनाको मृत्य भएको छ । स्पेनमा संक्रमितको संख्या ८ लाख ८४ हजार ३८१ पुगेको छ भने ३२ हजार ६८८ जनाको मृत्यु भएको छ ।

पेरुमा ८ लाख ३८ हजार ३३४ जना संक्रमित हुँदा ३३ हजार ९८ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ८ लाख ५६ हजार ३६९ संक्रमित हुँदा २२ हजार ७१० जनाको मृत्यु भएको छ । मेक्सिकोमा ८ लाख ४ हजार ४८८ जना संक्रमित हुँदा ८३ हजार ९६ को मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख ८६ हजार ८९१ जना संक्रमित हुँदा १७ हजार ४०८ जनाको मृत्यु भएको छ । फ्रान्समा ६ लाख ७१ हजार ३३८ संक्रमित हुँदा ३२ हजार ५२१ जनाको मृत्यु भएको छ ।

यता, बेलायतमा हालसम्म ५ लाख ६१ हजार ८१५ जना संक्रमित रहेका छन् ४२ हजार ५९२ जनाको मृत्यु भएको छ । इरानमा ४ लाख ८८ हजार २३६ जना संक्रमित हँदा २७ हजार ८८८ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख ७६ हजार १६ जना संक्रमित हुँदा १३ हजार १६७ को मृत्यु भएको छ । बंगलादेशमा हालसम्म ३ लाख ७४ हजार ५९२ जना संक्रमित हुँदा ५ हजार ४६० को मृत्यु भएको छ । इटलीमा ३ लाख ३८ हजार ३३८ जना संक्रमित हुँदा ३६ हजार ८३ जनाको मृत्यु भएको छ ।

साउदी अरबमा ३ लाख ३८ हजार १३२ हजार संक्रमित हुँदा ४ हजार ९७२ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख १७ हजार ५९५ संक्रमित हुँदा ६ हजार ५५२ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ९८ हजार १७ जना संक्रमति फेला पर्दा ७१ हजार ३४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ५९० जनाको भने मृत्यु भएको छ ।

जापानमा ८७ हजार २० जना संक्रमित हुँदा १ हजार ६१३ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो २४ घण्टामा २१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ५२१ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु