Information is intelligence
HomeUncategorizedपौड्याललाई परराष्ट्र सचिव नियुक्त

पौड्याललाई परराष्ट्र सचिव नियुक्त

- Advertisement -spot_img

काठमाडौं, २३ असोज । सरकारले भरतराज पौड्याललाई परराष्ट्र सचिव नियुक्त गरेको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले सहसचिव पौड्याललाई सचिवमा बढुवा गरेको हो ।

यसअघि मन्त्रालयका प्रवक्ता रहेका पौड्याल राष्ट्र संघ (यूएन) डिभिजनको प्रमुख रहिसकेका छन् । त्यसअघि उनी पाकिस्तानका लागि नेपाली राजदूत थिए ।

गत साता परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेपछि रिक्त पदमा पौड्याललाई बढुवा गरिएको हो । उनले सचिवको रुपमा शुक्रबार बिहान कार्यभार सम्हालिसकेका सकेका छन् ।

सचिव पद रिक्त भएसँगै प्रवक्ता पौडेललाई निमित्त सचिव बनाइएको थियो । त्योसँगै परराष्ट्र मन्त्रालयले सहसचिव सेवा लम्साललाई मन्त्रालयको प्रवक्ता तोकेको छ । उनी पाकिस्तानका लागि नेपाली राजदूतको कार्यकाल सकेर भर्खरै नेपाल आएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु