Information is intelligence
HomeEntertainment & Artsअभिनेत्री शर्माको प्रधानमन्त्रीलाई खुला पत्र:'भोलीको दिनमा आफ्नो छोरी जन्मिएला भन्ने डर लाग्न...

अभिनेत्री शर्माको प्रधानमन्त्रीलाई खुला पत्र:’भोलीको दिनमा आफ्नो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

- Advertisement -spot_img

अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै भोलीको दिनमा आफ्नो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको बताएकी छिन् । उनले पछिल्लो समय देशमा बलात्कारका घटना, सरोकारवाला पदमा बसेका व्यक्तिले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै पत्र लेखेकी हुन् । गृहमन्त्री रामबहादुर थापाले बलात्कारका बारेमा दिएको अभिव्यक्तिमा पनि उनले आपत्ति जनाएकी थिइन् ।

उनले प्रधानमन्त्रीलाई लेखेको चिठी यस्तो छ :

आदरणीय प्रधानमन्त्री ज्यू,

एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ ।

मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि,यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स(साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ ।

जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलॉजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ । यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ ।

जनताको नभए पनि एकचोटी परिवारमा छोरी(नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन रु म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन। बाँकी तपाईहरु बुझकी !

निवेदक एक आम नेपाली नारी

ऋचा शर्मा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु