Information is intelligence
HomeSportsइब्राहिमोविचले कोरोना भाईरसलाई जिते

इब्राहिमोविचले कोरोना भाईरसलाई जिते

- Advertisement -spot_img

एजेन्सी । इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविच कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।

स्विडेनका इब्राहिमोविचले आफु कोरोनाको संक्रमणबाट मुक्त भएको बताएका छन् । ‘स्वास्थ्य अधिकारीले भन्यो कि मेरो क्वारेन्टिन बसाइ सकिएको छ,’ सामाजिक संजालमा इब्राहिमोविचले लेखेका छन् ।

३८ वर्षीय इब्राहिमोविच दुई साताको आइसोलेसनपछि कोरोना मुक्त भएका हुन् । उनलाई सेप्टेम्बर २४ मा कोरोना पुष्टि भएको थियो । जसको कटान उनले युरोपा लिग छनोट अन्तर्गत नर्वेजियन क्लब बोडोविरुद्धको खेल गुमाएका थिए ।

इब्राहिमोविचसँगै अर्का खेलाडी लियो डा सिल्भालाई समेत कोरोना देखिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु