Information is intelligence
HomeSportsविश्वकप छनोटमा ब्राजिल र कोलम्बियाको शानदार सुरुवात

विश्वकप छनोटमा ब्राजिल र कोलम्बियाको शानदार सुरुवात

- Advertisement -spot_img

विश्वकप छनोटमा ब्राजिल र कोलम्बियाले  शानदार सुरुवात गरेका छन ।

शनिबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बोलिभियालाई ५–० गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा दुई गोल रोबर्टो फिर्मिन्होले गरे । मार्कुन्होस र फिलिप कौटिन्होले एक एक गोल गरे । ब्राजिलले एक आत्मघाति गोल उपहार पाएको हो ।

घरेलु टोली ब्राजिलले खेलको १६ औं मिनेटमा मार्कुन्होसको गोलमा अग्रता बनाएको थियो । ड्यानिलोले उपलब्ध गराएको बलमा मार्कुन्होसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । रोबर्टो फिर्मिन्होले ब्राजिलको अग्रता दोब्बर बनाए । रिनान लोडीको पासमा लिभरपुल स्टार फिर्मिन्होले ३० औं मिनेटमा ब्राजिलको अग्रता दोब्बर बनाएका थिए । ५४ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाएका थिए । नेयमारले डिबक्सभित्र उपलब्ध गराएको पासमा फिर्मिन्होले पोस्टको दिशा दिएका थिए ।

ब्राजिलले ६६ औं मिनेटमा आत्मघाति गोल उपहार पायो ।

७३ औं मिनेटमा कौटिन्होले हेडमार्फत गोल गर्दै ब्राजिललाई ५–० को जित दिलाए ।  जितसंगै ब्राजिलले छनोट प्रतियोगितामा शानदार सुरुवात गरेको छ । ब्राजिलले तालिकामा ३ अंक जोडेको छ ।

शनिबार बिहानै भएको अर्को खेलमा कोलम्बियाले भेनेजुयलालाई ३–० गोल अन्तरले हरायो ।

कोलम्बियाको जितमा लुइस मुरीलले दुई तथा डुभान जपताले एक गोल गरे । डुभान जपताले १६ औं मिनेटमा कोलम्बियालाई अ्रता दिलाएका थिए । लुइस मुरीलले २६ औं मिनेटमा कोलम्बियाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा मुरीलले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई सहज अवस्थामा पुर्याएका थिए ।

विश्वकप छनोटको पहिलो खेलमा जित निकाल्दै कोलम्बियाले ३ अंक जोडेको छ । भेनेजुयलाले पहिलो खेलमै हार ब्यहोरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु