Information is intelligence
HomeSportsआईपीएलमा आज २ खेल

आईपीएलमा आज २ खेल

- Advertisement -spot_img

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीमा कोलकत्ता आफ्नो छैटौं खेलका लागि मैदान उत्रने छन् । पन्जाब भने आफ्नो सातौं खेलका लागि मैदान उत्रने छ । कोलकत्ता र पन्जाबबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ता चौंथो जितको खोजीमा हुनेछ । अघिल्ला ५ खेलमा ३ जितसहित ६ अंक जोडेर कोलकत्ता चौंथो स्थानमा रहेको छ ।

दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पन्जाबलाई हराएर शीर्ष दुई भित्र उक्लन चाहन्छ । तर, पन्जाबविरुद्ध जित निकाल्नकोलकत्तालाई सहज भने छैन । किनकी पन्जाब कलकत्तालाई हराएर दोस्रो जित निकाल्न चाहन्छ ।

पुछारमा रहेको पन्जाबले ६ खेलमा १ जित मात्र निकालेको छ । त्यसैले पन्जाब कोलकत्तालाई हराएर अंक तालिका समेत सुधार गर्न चाहन्छ ।

त्यसतै चेन्नई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नई तेस्रो खोजीमा हुनेछन् । अघिल्ला ६ खेलमा चेन्नईले २ जित र ४ हार व्यहोरेको थियो ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरलाई हराउन चेन्नईलाई सहज भने छैन । बैंगलोर पनि चेन्नईलाई हराएर शीर्ष तीनमा उक्लने लक्ष्यमा हुनेछ ।

बैंगलोरले अघिल्ला ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो । ६ अंक जोडेको बैंगलोर पाँचौं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु