Information is intelligence
HomeNewsअहिलेसम्मकै बढी ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, उपत्यकामा २...

अहिलेसम्मकै बढी ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, उपत्यकामा २ हजार ६७२

- Advertisement -spot_img

नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । मन्त्रालयका सोही अवधिमा एक हजार २२९ संक्रमित निको भएर घर फर्किएका छन् ।

हाल नेपालमा ३० हजार ८१८ सक्रिय संक्रमितको संख्या रहेको छ । ७४ हजार २५२ संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्य ६१४ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु