Information is intelligence
HomePoliticsमुख्यमन्त्रीद्वारा निर्माणाधीन पुलको निरीक्षण, समयमा पूरा गर्न निर्देशन

मुख्यमन्त्रीद्वारा निर्माणाधीन पुलको निरीक्षण, समयमा पूरा गर्न निर्देशन

- Advertisement -spot_img

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तोकिएको समयमा गुणस्तरीय निर्माण  पूरा गर्न निर्देशन दिएका छन् । पोखरा महानगरपालिका वडा नं १४ र २६ डहरेस्थित विजयपुर खोलामाथि निर्माणाधीन पक्की पुलको शनिबार निरीक्षण गर्दै उनले पुल निर्माण देखिएका समस्या समाधान गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विकास निर्माणमा प्राविधिकको निगरानी एवम् स्थानीयवासी तथा जनप्रतिनिधिको जागरुकता हुनुपर्ने मुख्यमन्त्री गुरुङको तर्क छ  । पृथ्वीराजमार्गको विजयपुरपुलको विकल्पका रुपमा प्रदेश सरकारको रु एक करोड २८ लाख लागतमा सो पुल निर्माण गर्न लागिएको हो । पच्चिस मिटर लम्बाइ तथा दायाँबायाा पैदलमार्गसहितको डबल लेनको सो पुल आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निरीक्षणमा प्रदेश, भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलगायत प्रदेशका उच्च अधिकारीको सहभागिता थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु