Information is intelligence
HomeLife Styleरातो खुर्सानी सेवनका फाइदाहरु

रातो खुर्सानी सेवनका फाइदाहरु

- Advertisement -spot_img

रातो अर्थात् सुकेको खुर्सानी सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक हुने हालै गरिएको एक अनुसन्धानले देखाएको छ ।

रातो खुर्सानीको सेवनले मानिसको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुने बताइएको छ । अनुसन्धानकर्ताका अनुसार रातो खुर्सानी सेवनले मानिसको आयु बढाउन समेत मद्दत गर्छ ।

रातो खुर्सानीले खाएमा केही उपयोगी तत्वहरु पाइन्छ जस्तै अमीनो एसिड, एस्कार्बिक एसिड, फोलिक एसिड, सिट्रिक एसिड, मैलिक एसिड, मैलोनिक एसिड आद‍ि । रातो खुर्सानी हरियोभन्दा निकै लाभदायी हुन्छ ।

रातो खुर्सानीले कपाल चम्काउनुका साथै छालामा रक्तसंचार प्रदान गरी स्वस्थ बनाउँछ ।

गर्भवती महिलाको पेटमा हुर्किरहेको बच्चाको प्रजनन अंग विकास गराउन मदत गर्छ ।

धेरै मानिसहरु खुर्सानी खानु राम्रो मान्दैनन् तर बेलायतमा गरिएको खोजका अनुसार यसले शरीरमा क्यालोरी उत्पादनमा सहयोग गर्छ र शक्ति प्रदान गर्छ ।

रातो खुर्सानीमा फोलिक एसिड पर्याप्त मात्रामा हुन्छ । यो यस्तो तत्व हो जसले गर्भवती महिलाहरुका लागि एकदमै फाइदाजनक मानिन्छ ।

यसले रक्तचाप कम गर्छ र क्यान्सरबाट पनि बचाउँछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु