Information is intelligence
HomeSportsजर्मनीको नेसन्स लिगमा पहिलो जित

जर्मनीको नेसन्स लिगमा पहिलो जित

- Advertisement -spot_img

नेसन्स लिग फुटबलमा जर्मनीले युक्रेनलाई हराएको छ । शनिबार राति जर्मनीले युक्रेनलाई २–१ ले हराएको हो । विश्वकप फुटबलमा ७ पटक फाइनल पुगेको जर्मनीले नेसन्स लिग फुटबलमा पहिलो जित दर्ता गरेको हो ।

उसले समूह चरणको सुरुवाती दुई खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो । खेलमा अग्रता २० औं मिनेटमा मथायस गिन्टरको गोलमा जर्मनीले लिएको थियो । लियोन गोरेत्र्जकाले ४९ औं मिनेटमा जर्मनीका अग्रता दोब्बर बनाउने काम गरे ।

घरेलु टोली युक्रेनका रुस्लान मालिनोवस्कीले एक सान्त्वना गोल फर्काए ।

जर्मनीले दुई वर्ष अघि सुरु नेसन्स लिगमा जित निकाल्न सकेको थिएन । यस संस्करणमा जर्मनीले तीन खेलबाट ५ अंक जोडेको छ । करिब ७० हजार दर्शक क्षमताको रगशालामा ३० प्रतिशत दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो ।

यस सिजन चेल्सीबाट खेल्न नपाएका डिफेन्डर एन्टोनियो रुडीगरले प्रभावशाली प्रर्दशन गरे । उनले जर्मनीको सुरुवाती गोलका लागि सहयोग पनि उपलब्ध गराए । चेल्सी स्टार काइ हभार्ट्ज र टिमो वार्नरले बेन्चबाट खेलको सुरुवात गरे । दुवै खेलाडी खेलको अन्तिममा मैदान प्रवेश गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु