Information is intelligence
HomePoliticsसरकार र डा. गोविन्द केसीबीच भएको सहमतिलाई नेपाली काँग्रेसको स्वागत

सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिलाई नेपाली काँग्रेसको स्वागत

- Advertisement -spot_img

काठमाडौं : सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिलाई नेपाली काँग्रेसले स्वागत गरेको छ।  नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सहमतिलाई सकारात्मक रुपमा लिएको बताएका हुन्।

केसीको अनशनप्रति सरकारको सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण भएको काँग्रेसको आरोप छ। सरकारले दबावपछि बाध्य भएर सहमतिमा पुगेको काँग्रेसको ठहर छ।

‘दुर्व्यवहारपूर्ण व्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबावपछि अन्ततः वार्ता समिति बनाउँदै सहमतिमा पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ।

विगतमा सहमति उल्लंघन भएकाले फेरि पनि उल्लघंन हुनसक्ने भन्दै काँग्रेसले शंका व्यक्त  गरेको छ।

‘विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपिल गर्दछौं,’ विज्ञप्तिमा  उल्लेख छ।

०७५ साउन १० गते डा. केसीसँग गरिएको सहमति सोही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको काँग्रेसको आरोप छ।

सरकार र डा. केसीबीच २४ गते राति ८ बुँदे सहमति भएसँगै उनको २८ दिनदेखिको अनशन तोडिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु