Information is intelligence
HomeSportsआईपीएलमा आज पनि २ खेल

आईपीएलमा आज पनि २ खेल

- Advertisement -spot_img

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) हुने पहिलो खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेलमा लिग लिडर दिल्ली क्यापिटल्स र साविक विजेता मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

सबै टिम आफ्नो सातौं खेलका लागि मैदान उत्रने छन् । हैदराबाद र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ त्यसैगरी दिल्ली र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

अघिल्ला ३ खेलमा हैदराबादले ३ हार र ३ जित निकालेको छ । हैदराबाद ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ भने पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानले ६ खेलमा २ जित र ४ हार व्यहोरेको छ ।

यता मुम्बई ६ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ र अघिल्ला ६ खेलमा ५ जितसहित १० अंक जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु