Information is intelligence
HomeInternationalकोरोनाका कारण विदेशमा थप १७ नेपालीको मृत्यु

कोरोनाका कारण विदेशमा थप १७ नेपालीको मृत्यु

- Advertisement -spot_img

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ।

गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझ सम्म युएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका विदेशमा विगत ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ।

संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्यान्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन्। ती मध्ये ३६ हजार ६ सय ७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन्। संक्रमित नेपाली मध्य ८९ प्रतिशत कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ।

यस्तै नेपालमा मात्र १ लाख ५ हजार ६ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ७४ हजार २ सय ५२ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो। हालसम्म नेपालमा ६ सय १४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु