Information is intelligence
HomeSportsनेसन्स लिगमा आज पोर्चुगल र फ्रान्स भिड्दै

नेसन्स लिगमा आज पोर्चुगल र फ्रान्स भिड्दै

- Advertisement -spot_img

काठमाडौं ।यूईएफए नेसन्स लिग फुटबलमा आज (आइतवार) पोर्चुगल र फ्रान्स भिड्दै छन् ।

समूह चरणको तेस्रो खेलमा पोर्चुगल र फ्रान्स भिड्न लागेका हुन् । फ्रान्समा हुने सो खेल नेपाली समय अनुसार राति १२:३० बजे शुरु हुनेछ । फ्रान्सलाई हराएर पोर्चुगल लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रने छ ।

अघिल्ला दुई खेलमा २ जित निकालेको पोर्चुगल ६ अंक जोडेर लिग ए को समूह तीनको शीर्ष स्थानमा रहेको छ । त्यस्तै यता फ्रान्स पनि आफ्नो अपराजित यात्रा कायम राख्न चाहान्छ । समूहमा ६ अंक जोडेको फ्रान्स गोल अन्तरमा पछि पर्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु