Information is intelligence
HomePoliticsसम्पर्क समितिका अध्यक्षमा आचार्य

सम्पर्क समितिका अध्यक्षमा आचार्य

- Advertisement -spot_img

काठमान्डौ | नेपाली काँग्रेस सुनसरी–काठमाडौँ सम्पर्क समितिको भेलाले बाबुराम आचार्यका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द मण्डल, सहसचिवमा सुवास भट्टराई कोषाध्यक्षमा मनोज नेपाली तथा सदस्यमा सीताराम भट्टराई, कृष्णचन्द्र बस्नेत, पुष्पराज भट्टराई, अदिता आचार्य, प्रा कुंजीलाल यादव र सञ्जय खतिवडा चयन भएका छन् ।

कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यका मापदण्ड अपनाएर गरिएको अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष आचार्यले सुनसरीबाट काठमाडौँ आई बसोबास गर्ने दाजुभाइ तथा दिदीबहिनीका वर्तमान समस्या समाधानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संयोजक सुरज श्रेष्ठले काँग्रेसलाई बालियो बनाउन र सुनसरीबाट काठमाडौँ बसोबास गर्ने सबैसँग आवश्यक समन्वय गर्न समिति सहयोगसिद्ध हुने धारणा व्यक्त गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु