Information is intelligence
HomePoliticsराप्रपाको केन्द्रीय समिति विस्तार

राप्रपाको केन्द्रीय समिति विस्तार

- Advertisement -spot_img

काठमान्डौ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चार सय नयाँ केन्द्रीय सदस्य थप गरेको छ । राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ  सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७२७ सदस्य पुर्याएको छ ।

राप्रपाले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्रबमोजिम तीन अध्यक्षको सहमतिअनुसार केन्द्रीय कार्यसमिति विस्तार गरिएको जनाएको हो । “असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने योजना छ”, विज्ञप्तिमा भनिएको छ । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्यसमिति विस्तार भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु