Information is intelligence
HomeNewsआज थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, उपत्यकामा १४...

आज थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, उपत्यकामा १४ सय १६

- Advertisement -spot_img

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा आइतबार थप १४ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ११ सय ४५ जना, ललितपुरमा एक सय ६१  जना र भक्तपुरमा एक सय १०  जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५५२ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जनाकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ।

यो कुल संक्रमितको ७०‌‍.३ प्रतिशत हो।

पछिल्लो २४ घन्टामा थप २२ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।कोरोनाका कारण एकैदिन थप २२ जनाको मृत्यु भएको यो पहिलो पटक हो ।यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ जना पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु