Information is intelligence
HomeSportsसन्दिपद्वारा टियू मैदानका कर्मचारीलाई सहयोग

सन्दिपद्वारा टियू मैदानका कर्मचारीलाई सहयोग

- Advertisement -spot_img

काठमान्डौ | गत साउनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जानुअघि सन्दीपले टियू मैदानका कर्मचारीलाई एक लाख रुपैयाँ सहयोग गर्ने वाचा गरेका थिए । हाल सन्दीप इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न यूएईमा छन् तर सन्दीपका ब्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले मैदानका इन्चार्ज मधु तामाङलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट मैदान टीयुमा कुल १५ जना कर्मचारी रहेका छन् ।

दिल्ली क्यापिटल्सले लिग चरणका सुरुवाती ६ खेलमा सन्दीपलाई बेन्चमा राखेको छ । दिल्ली ६ खेलमा ५ मा जित र १ मा हार सहित शीर्षस्थानमा रहेको छ । दिल्लीको रणनीति र टोलीलाई हेर्दा सन्दीपलाई प्लेइङ ११ मा स्थान बनाउन कठीन देखिन्छ । आज नेपाली समय अनुसार ७:४५ मा  सन्दीप सम्मिलित दिल्ली क्यापिटल्स र मुम्बई ईण्डियन्स भिड्दै छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु