Information is intelligence
HomeTourismनेपालकाे अन्नपूर्ण सर्किट विश्वकाे १० उत्कृष्ट गन्तव्यमा पर्न सफल

नेपालकाे अन्नपूर्ण सर्किट विश्वकाे १० उत्कृष्ट गन्तव्यमा पर्न सफल

- Advertisement -spot_img

घुमघामसम्बन्धी जानकारी दिने विश्वकै चर्चित वेबसाइट ‘लोन्ली प्लानेट’ ले विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किटलाई समावेश गरेको छ ।लोन्ली प्लानेटको उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट दशौँ नम्बरमा परेको छ ।

वेबसाइटले अन्नपूर्ण पदयात्रालाई विश्वकै उत्कृष्ट पदयात्रा भनेको छ । मन्दिर, डाँडापाखा, हिमाल, नदी, स्थानीय जनजीवन आदिको दृश्यावलोकन गर्दै अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्दा निकै सन्तुष्टि प्राप्त हुने जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र, तिलिचाे ताल, थोरङ्ला पास, माथिल्लो मुस्ताङ, कालीगण्डकी उपत्यकालगायतका ठाउँकाे वर्णन वेबसाइटमा गरिएको छ ।

लोन्ली प्लानेटका अनुसार विश्वकै घुम्न लायक गन्तव्यको पहिलो ठाउँमा जोर्डनको पेट्राको लस्ट सिटी, दोस्रोमा इक्वेडरको गालापागोस, तेस्रोमा अस्ट्रेलियाको उलुरु राष्ट्रिय निकुञ्ज, चौथोमा अफ्रिकी देश बोत्सवानाको ओकाभाङ्गो डेल्टा, पाँचौँमा उत्तर अमेरिकाको एल्लोस्टोन नेशनल पार्क परेकाे छ ।

त्यस्तै छैठौँमा स्लोभानियाको ब्लेड ताल, सातौँमा अर्जेन्टिना र ब्राजिलको सीमामा रहेको इग्वाजु झरना, आठौँमा कम्बोडियाको अङ्कोर मन्दिर र नवौँ नम्बरमा बोलिभियाको सालर दी ताल रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु