Information is intelligence
HomeInternationalफ्रान्स र पोर्चुगल बराबरीमा रोकिए

फ्रान्स र पोर्चुगल बराबरीमा रोकिए

- Advertisement -spot_img

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्स र पोर्चुगल बराबरीमा रोकिएका छन् । आइतबार राति भएको खेलमा विश्वकप विजेता  फ्रान्स र साबिकको विजेता पोर्चुगल गोलरहित बराबरीमा रोकिएका हुन् ।

युवा स्टार केयलियन एम्बाप्पे र एन्टोइन ग्रिजम्यानसहितका खेलाडी मैदान उत्रिएको फ्रान्सले कुनै गोल गर्न सकेन । यता फुटबल स्टार क्रिस्टियानो रोनाल्डोसहित मैदान उत्रिएको पोर्चुगलले पनि फ्रान्सविरुद्ध कुनै गोल गर्न सकेन ।

समूह सीमा रहेका दुवै टोलीले एक-अर्काविरुद्ध फराकिलो अन्तरको अग्रता लिने अवसर गुमाएको छ । यो बराबरीसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् । दुवै टोलीले समान तीन खेलमा समान ७ अंक जोडेका छन् । तर, गोल अन्तरका आधारमा भने पोर्चुगल शीर्ष स्थानमा । समान अंक भएको फ्रान्स दोस्रो स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु