Information is intelligence
HomeSportsरोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा

रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा

- Advertisement -spot_img

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (सोमबार) रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाहमा बैंगलोर र कोलकत्ता सातौं खेलका लागि मैदान उत्रने छन् । बैंगलोर र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । सारजाह क्रिकेट स्टेडियममा बैंगलोर पाँचौ जितको खोजीमा हुनेछन् । अघिल्ला ६ खेलमा बैंगलोरले ४ जितसहित ८ अंक जोडेको छ । विराट कोहलिको कप्तानीमा रहेको बैंगलोर चौंथो स्थानमा रहेको छ । कोलकत्तालाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ ।

तर, दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्तालाई हराउन बैंगलोरलाई सहज हुने छैन ।

कोलकत्ता पनि पाँचौ जितको खोजीमा हुनेछ । ६ खेलमा ८ अंक जोडेको कोलकत्ता तेस्रो स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु