Information is intelligence
HomeSportsरियल म्याड्रिडले भित्र्यायो १६ वर्षीय डिफेन्डर

रियल म्याड्रिडले भित्र्यायो १६ वर्षीय डिफेन्डर

- Advertisement -spot_img

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै स्पेनिस महारथी रियल म्याड्रिडले प्रतिभावान स्पेनिस युवा डिफेन्डर राफायल ओब्राडोरलाई अनुबन्ध गर्न सफल भएको छ ।

रियल म्याड्रिडले १६ वर्षीय लेफ्ट ब्याक ओब्राडोरलाई स्पेनिस क्लब रियल मालोर्काबाट अुनबन्ध गर्न सफल भएको हो । मालोर्का अघिल्लो सिजन मात्रै दोस्रो श्रेणीमा घटुवा भएको थियो । रियलले ओब्राडोर अनुबन्ध गर्न लामो समयदेखिको प्रयासमा सफलता हात पारेको हो ।

प्रशिक्षक जिनेदिन जिदानले स्पेनको यु–१५ र यु–१६ टोलीबाट खेलिसका युवा स्टार ओब्राडोर अनुबन्धमा बाजी मारे । २००४ मा जन्मिएका ओब्राडोर ४ वर्षको उमेरमा सिई क्याम्पोसको युथ एकेडेमीमा भर्ना भएका थिए । उनी २०१४ मा मालोर्का आएका थिए ।

गत सिजन ओसासुनाविरुद्धको खेलमा मैदान उत्रदै ओब्राडोरले स्पेनिस ला लिगामा डेब्यु गरिसकेका छन् । उनले गत अक्टोबरमै मालोर्कासँग २०२४ सम्मको लागि पहिलो व्यवसायिक सम्झौता गरेका थिए ।

रियलमा आबद्ध भएका उनी अब रियलको युथ टोलीमा सामेल हुनेछन् । क्षमता विस्तार गर्दै उनले छिट्टै नै रियलको पहिलो रोजाईमा स्थान बनाउन सक्ने सम्भावना छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु