Information is intelligence
HomeNewsअरनिको राजमार्गको स्तर सुधार

अरनिको राजमार्गको स्तर सुधार

- Advertisement -spot_img

सिन्धुपाल्चोक | अरनिको राजमार्गअन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको १९ किलोमिटर सडकम तिहारअघि नै कालोपत्रे गरिने भएको छ । बन्देउदेखि बाह्रबिसेसम्म उक्त राजमार्गको स्तर सुधारको कामले तिब्रता पाएसगैँ रू १० करोडको लागतमा अस्फाल्ट सामाग्री प्रयोगगरी  कालोपत्रे गर्न लागिएको हो ।

पहिले यस्तो प्रबिधिको प्रयोग नगरिएकाले राजमार्गका सडकमै खाल्डाखुल्डी र अनियन्त्रित पानीका कारण साना–ठूला दुर्घटनासमेत यस राजमार्गले व्यवहोर्दै आएको थियो । अस्फाल्ट प्रबिधिका सडकहरू उच्च भारबहन क्षमता, लामो अबधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने सडक बिभागका प्राबिधिक सन्तोष बस्नेतले जानकारी दिए ।

सोही राजमार्गको खाडिचौरदेखि बाह्रबिसेसम्म भने बेस सिलिङको काम भइरहेको छ । राजमार्गका कोठेको एकतर्फी मार्ग, जुरेको पहिरो र बाह्रबिसेदेखि माथिका दर्जनौं स्थानमा भने भूगर्भबिद्हरूको अध्ययनप्रतिवेदन पछि मात्र उच्चप्रबिधिको प्रयोगबाट स्थायी समाधान खोजिनुपर्ने प्राबिधिकहरूको सुझाव छ । कोठे र जुरेमा मात्रै बार्षिक करोडौं रुपैँया सडक मर्मतमा खर्च भएपनि बर्षाअघि बनाइएका संरचना बर्षापछि त्यसको कुनै निसान नै नरहने समस्या छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु