Information is intelligence
HomeInternationalरुसमा कोरोना संक्रमित हुनेको संख्या १३ लाख नाघ्यो

रुसमा कोरोना संक्रमित हुनेको संख्या १३ लाख नाघ्यो

- Advertisement -spot_img

काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १३ लाख नाघेको छ । रुसको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म रुसमा कोरोना संक्रमितको संख्या १३ लाख १२ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोनाका १३ हजार ५९२ नयाँ संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा रुसमा अहिलेसम्मकै सबैभन्दा धेरै १३ हजार ६३४ नयाँ संक्रमित भेटिएका थिए ।

त्यस्तै रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २२ हजार ७२२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोनाबाट १२५ जनाको मृत्यु भएको हो । रुसमा कोरोनाको मृत्युदर भने तुलनात्मकरुपमा कम छ ।

कोरोना संक्रमितको आधारमा रुस सबैभन्दा धेरै प्रभावित चौथो मुलुक हो । अमेरिकामा ७७ लाखभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् भने भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख नाघेको छ । त्यस्तै ब्राजिलमा पनि ५० लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु