Information is intelligence
HomeSportsहैदराबाद र चेन्नई फेरी आमने सामने

हैदराबाद र चेन्नई फेरी आमने सामने

- Advertisement -spot_img

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) सनराइजर्स हैदराबाद र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबईमा हैदराबाद र चेन्नई आफ्नो आठौं खेलका लागि मैदान उत्रने छन् । हैदराबाद र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद चौंथो जितको खोजीमा हुनेछ । हैदराबाद ७ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । चेन्नईलाई हराएर हैदराबाद अंक तालिका सुधार गर्न चाहन्छ ।

तर, महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईलाई हराउँन हैदराबादलाई सहज भने हुने छैन ।

हैदराबादलाई हराएर चेन्नई तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । चेन्नई ७ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस्तै चेन्नई पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिने योजनामा हुनेछ ।

यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो । हैदराबाद भने चेन्नईलाई लगातार दोस्रो भेटमा पराजित गर्न चाहन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु