Information is intelligence
HomeEducationलाेकसेवाकाे परीक्षा नलिन भन्दै परीक्षार्थीद्वारा राज्य व्यवस्था समितिमा निवेदन

लाेकसेवाकाे परीक्षा नलिन भन्दै परीक्षार्थीद्वारा राज्य व्यवस्था समितिमा निवेदन

- Advertisement -spot_img

काेभिड १९ काे माहामारी तथा दशैँ , तिहारकाे बेलामा लाेकसेवाकाे परीक्षा नलिन माग गर्दै लाेकसेवाका परीक्षार्थीहरूले राज्य व्यवस्था तथा सुशासन समितिमा ध्यानाकर्षण गराएका छन् ।

लाेकसेवा आयाेगलाइ बाेधार्थ दिँदै उनीहरूले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा विद्यार्थीहरूले हाल उपत्यका काेराेनाकाे हटस्पट बनेकाे , दशैँ तिहार नजिकिएकाले परीक्षार्थीहरूमा कठिनाइ उत्पन्न हुने जस्ता समस्याहरू रहेकाले तत्काल लाेकसेवाले जारी गरेकाे परीक्षा तालिका केही समयपछि सार्न माग गरेका छन् । उनीहरूले काेराेना माहामारीका कारणले कक्षा ११ र १२ तथा विभिन्न विश्वविद्यालयहरूले समेत पर्ख र हेरकाे रणनीति अपनाइरहँदा लाेकसेवाले भने हतारमा परीक्षा तालिका सार्वजनिक गर्दा समय सान्दर्भिक नदेखिएकाे बताएका छन् ।

लाेकसेवा आयाेगले हालैमात्र जारी गरेकाे संक्रमणकाे विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धि मापदण्ड नै अस्पष्ट रहेकाे जसले सम्पूर्ण परीक्षार्थीहरूलाइ परीक्षामा जाेखिम र त्रासविहिन अवस्थामा सहभागी गराउने सुनिश्चितता गर्न नसकेकाे पनि निवेदनमा उल्लेख गरिएकाे छ ।

त्यस्तै काेराेना संक्रमितले परीक्षामा सहभागी हुन नपाउने व्यवस्था नागरिककाे माैलिक हकविरूद्ध रहेकाे भन्दै राज्य व्यवस्था तथा सुशासन समिति मार्फत लाेकसेवा आयाेगसँग छलफल गरि परीक्षा तालिका केही पछिमात्र सार्वजनिक गर्नका लागि निर्देशन गरिदिन माग गर्दै निवेदन दर्ता गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु