Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०६-२७ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०६-२७ | Head News | Durbar Times

- Advertisement -spot_img

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अर्थ
  • अन्तराष्ट्रिय

कोरोना सम्बन्धी

२४ घण्टामा ३५५६ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा ३५५६  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

राजनितिक-समसामयिक

सार्वजनिक सवारीमा पूरै सिटमा यात्रु राख्न पाउने

सरकारले सार्वजनिक सवारीमा पूरै सिटमा यात्रु राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले यसअघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णयमा पुनर्विचार गर्दै पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।

डीडीसीकाे बदमासी : साढे १६ कराेड रुपैयाँ बराबरकाे म्याद नाघेकाे बटर भेटियाे

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले म्याद नाघेका बटर (मख्खन) बाट घिउ बनाइरहेको भेटिएको छ । डीडीसीको गोदाममा करोडौँ मूल्य पर्ने बटर म्याद गुज्रेको अवस्थामा पाइएको  उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए।

कोभिड–१९ ले मानवतावादी नयाँ विश्व व्यवस्थामा जान झक्झक्याएको छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बता । विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा आज आयोजित समारोहमा उनले व्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तहका सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको स्पष्ट पारेका छन्  ।

अर्थ

मूल्यवृद्धि नियन्त्रणमै छ : मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच पनि खाद्यवस्तुको मूल्यबृद्धि नियन्त्रणमा रहेको दावी गरेका छन् ।चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्शको ७० औं वर्षको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टले कोरोना महामारीको अवस्थामा पनि नेपालमा एकाध वस्तु वाहेक खाद्यान्न लगाएत अन्य खाद्य वस्तु महङ्गो नभएको दावी गरेका हुन् ।

अन्तराष्ट्रिय

विश्व बैंकको चेतावनी– कोभिडले १५  करोड मानिसलाई चरम गरिबीमा पुर्‍याउँछ

विश्व बैंकले सन् २०२१ को अन्त्यसम्म विश्वका १५ करोड मानिस ‘चरम गरिबी’ मा फस्न सक्ने चेतावनी दिएको छ । कोरोनाभाइरस र त्योसँगै आएको विश्वव्यापी मन्दीका कारण गरिबीको दर त्यसरी बढ्ने विश्व बैंकले आकलन गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु