Information is intelligence
HomeInternationalभारतमा भारी वर्षा, ११ जनाको मृत्यु

भारतमा भारी वर्षा, ११ जनाको मृत्यु

- Advertisement -spot_img

दुई दिनदेखिको भारी वर्षाका कारण भारतमा ११ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार तेलंगना राज्यमा वर्षासँगै आएको बाढीले २ महिने शिशुसहित ११ को ज्यान लिएको हो।

वर्षाका कारण सडकहरूमा भेल बगेको छ भने बस्ती डुबानमा परेको छ। यस्तै छिमेकी आन्ध्र प्रदेशमा गत २४ घण्टादेखि लगातार पानी परेको बताइएको छ। यसले त्यहाँको जनजीवन कष्टपूर्ण भएको छ।

अहिले आन्ध्र प्रदेश, तेलंगना राज्य र ओडिसामा लगातार पानी परिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु