Information is intelligence
HomeSportsविश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलको जित, नेयमारको ह्याट्रिक

विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलको जित, नेयमारको ह्याट्रिक

- Advertisement -spot_img

विश्वकप छनोटमा अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हराएको छ भने ब्राजिलले पेरुमाथि ४–२ को जित निकालेको छ ।

अर्जेन्टिनालाई जित दिलाउन लौराटो मार्टिनेजले मुख्य भूमिका खेले । उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए ।मार्टिनेजको पासलाई सदुपयोग गर्दै जोकिन कोरीले अर्जेन्टिनाका लागि विजयी गोल गरे ।समूह चरणमा अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ । बोलिभिया अंक विहिन हुदै तालिकाको पुछारमा छ ।

त्यस्तै ब्राजिलको जितमा नेयमारले ह्याट्रिक गरे । रिचार्डलिसनले ब्राजिलका लागि १ गोल फर्काएका थिए । विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार दोस्रो खेलमा जित निकालेको छ । ब्राजिलले समूह चरणमा २ खेलबाट ६ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु