Information is intelligence
HomeNewsकार्तिक ७ सम्म क्लिन फिड नभए कारबाही गर्ने सरकारको चेतावनी

कार्तिक ७ सम्म क्लिन फिड नभए कारबाही गर्ने सरकारको चेतावनी

- Advertisement -spot_img

काठमाडौं । सरकारले आगामी ७ कार्तिकसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ ।

विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार आगामी कात्तिक ८ देखि नेपालमा क्लिन फिड लागु गर्नुपर्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सरोकारवालालाई जानकारी गरएको हो । एक सूचना जारी गर्दै उक्त मन्त्रालयले भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको थियो ।

मन्त्रालयले कानूनमा तोकिए अनुसार नै सोही समयमा बाट क्लिन फिड लागु गर्नुपर्ने भनेको छ । मन्त्रालयले जारी गरेको पत्रमा भनिएको छ, ‘कात्तिक ७ गतेभित्र विज्ञापनरहीत रुपमा विदेशी च्यानल प्रसारण गर्नुपर्ने व्यवस्था ऐनमा नै गरिएको र ऐनद्धारा नै एक वर्षको तयारी अवधि समेतको अवस्था भएकाले ऐनको मर्म र भावना अनुरुप तोकिएको मितिदेखि क्लिन फिड लागु गुर्नपर्ने छ ।’

यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु