Information is intelligence
HomeJobsलोकसेवाले खुलायो ६३८ पदमा विज्ञापन

लोकसेवाले खुलायो ६३८ पदमा विज्ञापन

- Advertisement -spot_img

काठमाडौँ — लोकेसवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन निकालेको छ । कोभिड–१९ संक्रमण बढ्दै गएका बेला आयोगले वार्षिक कार्यतालिकाअनुसार परीक्षाको तयारी थालेको हो, कोभिड संक्रमितका लागि भने कुनै वैकल्पिक व्यवस्था छैन ।

विभिन्न सेवा समूहका सहसचिव र उपसचिवका खुला तथा बढुवाको गरेर ६ सय ३८ पदको विज्ञापन बुधबार गरिएको छ । निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो । सरकारले रोकिएको परीक्षा सञ्चालन गर्न तथा नयाँ विज्ञापन खुलाउन आयोगलाई आग्रह गर्ने निर्णय असोज पहिलो साता नै गरेको थियो ।

त्यसैअनुसार आयोगले गत चैतबाट रोकिएको परीक्षा लिन नयाँ तालिका पनि यसअघि नै सार्वजनिक गरिसकेको छ । गतवर्ष नै विज्ञापन गरी एक चरणको परीक्षा भइसकेर प्रक्रियामा रहेको नायब सुब्बा, शाखा अधिकृत तथा सहसचिव पदका लिखित तथा मौखिक परीक्षाको थालनी आयोगले गरिसकेको छ ।

नेपाल परिचय आठौं संस्करण २०७७ – लोकसेवा तयारी गर्नेहरुले नजर पुर्याउनैपर्ने
नेपाल परिचय आठौ संस्करण २०७७, लोकसेवा तयारी गर्नेहरुले नजर पुर्याउनैपर्ने एकमहत्वपूर्ण सरकारी दस्तावेज पूर्ण पाठ नेपाल परिचय आठौ संसोधन.pdfGoogle Docs[https://durbartimes.com//wp-content/uploads/2020/10/open-11-min.jpg 1700w” sizes=”(min-width: 720px) 720px”>

सभार: लोकसेवा आयोग, कान्तिपुर

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु