Information is intelligence
HomeSportsस्थगित खेलमा युभेन्ट्सलाई ३-० को जित प्रदान

स्थगित खेलमा युभेन्ट्सलाई ३-० को जित प्रदान

- Advertisement -spot_img

इटालियन सिरी ‘ए’ अन्तर्गत नापोलीविरुद्धको स्थगित खेलमा युभेन्ट्सलाई ३-० को जित प्रदान गरिएको छ ।

इटालियन सिरी ‘ए’ ले युभेन्ट्स र नापोलीबीचको स्थगित खेलमा युभेन्ट्सलाई ३-० को जित प्रदान गरेको हो । टुरिनमा अक्टोबर ४ मा युभेन्ट्स र नापोलीबीचको खेल तय भएको थियो । तर, नापोलीले टुरिनको भ्रमण गर्न असफल भएपछि अन्तिम समयमा आएर खेल स्थगित गरिएको थियो ।

नापोलीका दुई खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्थानीय अधिकारीले नापोलीलाई टुरिन भ्रमणको अनुमति दिएको थिएन । युभेन्ट्सका खेलाडी भने नापोलीसँगको खेलका लागि रंगशाला पुगेका थिए ।

यस्तै सिरी ‘ए’ ले यस सिजन नापोलीको एक अंक समेत घटाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु