Information is intelligence
HomeSportsरोयल्स च्यालेन्जर्स बैंगलोर र किङ्स इलेभेन पन्जाब भिड्दै

रोयल्स च्यालेन्जर्स बैंगलोर र किङ्स इलेभेन पन्जाब भिड्दै

- Advertisement -spot_img

यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत आज (बिहीबार) रोयल्स च्यालेन्जर्स बैंगलोरले किङ्स इलेभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दै छ ।

सारजहा क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् ।

पन्जाबसँगको पहिलो खेलमा लजास्पद हार बेहोरेको बैंगलोर आजको खेलमा बदला लिने योजनामा छ । बैंगलोर पहिलो खेलमा पन्जाबसँग ९७ रनले पराजित गरको थियो ।

त्यसैले आजको खेलमा बैंगलोर सहज जितको अपेक्षामा हुनेछ । यता लगातार पराजित भएको पन्जाब आजको खेलमा जित निकाल्दै लिगमा आफ्नो सम्भावना कायम राख्ने योजनामा हुनेछ ।

लिगमा ७ खेल खेलेको पन्जाबले एक खेलमा मात्र जित निकालेको छ । उक्त खेल बैंगलोरसँग थियो । समान खेल खेलेको बैंगलोर तालिकाको तेस्रो स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु