Information is intelligence
HomePoliticsपुनर्गठनमा परेका ३ मन्त्रीले लिए सपथ

पुनर्गठनमा परेका ३ मन्त्रीले लिए सपथ

- Advertisement -spot_img

बुधबार भएको पुनर्गठनमा परेका मन्त्रीहरूले सपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल,  महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सपथ लिएका हुन्। श्रेष्ठद्वय पहिलोपटक मन्त्री बनेका हुन्।

पुनर्गठनका क्रममा सञ्चार मन्त्रालयको जिम्मा यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई दिइएको छ। यसैगरी रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ राखेका छन्। यसअघिका रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी उपप्रधानमन्त्री तोकिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु