Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०६-२९ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०६-२९ | Head News | Durbar Times

- Advertisement -spot_img

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • अर्थ
  • राजनीति – समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा ३७४९  जनामा काेराेना संक्रमण

पछिल्लो २४ घन्टामा देशभर ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

अर्थ

सिरहाका ४५ उद्योगको दर्ता खारेज

घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले आर्थिक वर्ष २०७६/७७ मा सप्तरीका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ । लामो समयसम्म नवीकरण नगराएका र कुनै कारोबारसमेत नगरेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय लहानले ४५ वटा उद्योगको दर्ता खारेज गरेको जनाएको छ ।

राजनीति – समसामयिक

पुनर्गठनमा परेका ३ मन्त्रीले लिए सपथ

बुधबार भएको पुनर्गठनमा परेका मन्त्रीहरूले सपथ लिएका छन्।राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल,  महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सपथ लिएका हुन्। श्रेष्ठद्वय पहिलोपटक मन्त्री बनेका हुन्।

लोकसेवाले खुलायो ६३८ पदमा विज्ञापन

लोकेसवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदका लागि  खुला तथा बढुवा गरेर ६ सय ३८ पदको विज्ञापन जारी गरेको छ  ।

ग्यास सिलिण्डर विस्फोट

काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११  जना घाइते भएका छन् । घटना मा  घाइते भएका  मध्ये  ४ जनाको  अवस्था गम्भीर रहेको छ ।

अन्तराष्ट्रिय

थाइल्यान्डमा संकटकाल घोषणा, नेता लगायत अन्य थुप्रै कार्यकर्ता पक्राउ

थाइ सरकारले  राजधानी बैंककमा सरकार विरुद्ध हुँदै आएका विशाल प्रदर्शन रोक्न तथा ठूलो संख्यामा अन्य कुनै पनि सार्वजनिक स्थलमा हुने भेला माथि प्रतिवन्ध लगाउन संकटकाल घोषणा गरेको छ ।

किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजिनामा दिने घोषणा

किर्गिस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि उनले राजिनामा दिन लागेका हुन्

खेलकुद

रोयल्स च्यालेन्जर्स बैंगलोर र किङ्स इलेभेन पन्जाब भिड्दै

आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत आज   रोयल्स च्यालेन्जर्स बैंगलोर र  किङ्स इलेभेन पन्जाब भिड्दै छन्  । खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु भएको हो  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु