Information is intelligence
HomeLoksewaसर्वोच्चको आदेश: परीक्षा सञ्चालन मापदण्ड २०७७ कार्यान्वयन नगर्नु (आदेश सहित)

सर्वोच्चको आदेश: परीक्षा सञ्चालन मापदण्ड २०७७ कार्यान्वयन नगर्नु (आदेश सहित)

- Advertisement -spot_img

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमितलाई पनि लोक सेवा आयोगको परीक्षामा सहभागी हुन पाउने वातावरण बनाउन अन्तरिम आदेश जारी गरेको छ।

मानवअधिकार रक्षक सञ्जालका शैलेन्द्र गुप्ताले लोक सेवा आयोग अनामनगरविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो अन्तरिम आदेश जारी गरेको हो।

‘कोभिड–१९ सङ्क्रमित बिरामीले परीक्षामा सहभागी हुन नपाउने भन्ने लोक सेवा आयोगको स्वास्थ्य मापदण्ड कार्यान्वयन नगरी परीक्षार्थीलाई परीक्षामा सहभागी हुने वातावरण बनाउन’, सर्वोच्चले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ।

सर्वोच्चले नेपालको संविधान २०७४ को धारा १८ ले हरेक नागरिकलाई समानताको हक ग्यारेन्टी गरेको जनाउँदै कुनै पनि व्यक्तिलाई उसको स्वास्थ्य स्थितिका आधारमा विभेद गर्न नपाउने उल्लेख गरेको छ।

त्यसै गरी धारा १७ ले स्वतन्त्रताको हक अन्तर्गत पेसा रोजगार गर्ने स्वतन्त्रता तथा धारा ३३ ले रोजगारीको हकको सुनिश्चितता गरेको स्मरण पनि सर्वोच्चले लोकसेवालाई गराएको छ।

सर्वोच्चले अन्तरिम आदेश दिएसँगै निवेदकको माग बमोजिमको आदेश जारी गर्नु नपर्ने प्रयोजनका लागि त्यसको आधार र कारणसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसहित १५ दिनभित्र उपस्थित हुन पनि लोक सेवालाई भनेको छ।

लोकसेवाले कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएपछि सङ्क्रमितलाई सहभागी नगराई परीक्षा लिने तयारी गरेको थियो। सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएको परीक्षा सञ्चालनका लागि आग्रह गरेपछि आयोगले परीक्षा लिने तथा नयाँ विज्ञापन खोल्ने तयारी गरेको थियो।

नेपाल परिचय आठौं संस्करण २०७७ – लोकसेवा तयारी गर्नेहरुले नजर पुर्याउनैपर्ने
नेपाल परिचय आठौ संस्करण २०७७, लोकसेवा तयारी गर्नेहरुले नजर पुर्याउनैपर्ने एकमहत्वपूर्ण सरकारी दस्तावेज पूर्ण पाठ नेपाल परिचय आठौ संसोधन.pdfGoogle Docs[https://durbartimes.com//wp-content/uploads/2020/10/Loksewa_sarbochha_2.jpg” class=”kg-image” alt>
- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु