Information is intelligence
HomeEconomyसानिमा जनरल इन्सुरेन्सको आइपीओ १० कित्ताका दरले बाँडफाँट

सानिमा जनरल इन्सुरेन्सको आइपीओ १० कित्ताका दरले बाँडफाँट

- Advertisement -spot_img

काठमाडौं : सानिमा जनरल इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलको कार्यालय बबरमहल काठमाडौंमा बिहान ८.३० बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । जसमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९० हजार ५४५ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् । यसमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकामा ३ हजार ३६० जना आवेदकको आवेदन रद्ध भएको छ ।

कम्पनीले असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४% अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको थियो । त्यस्तै, ५% अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको थियो । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था अर्थात् औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु