Information is intelligence
HomePoliticsभट्टराईले लगाएको आरोपमा सत्यता छैन : प्रधानमन्त्री ओली

भट्टराईले लगाएको आरोपमा सत्यता छैन : प्रधानमन्त्री ओली

- Advertisement -spot_img

काठमान्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको बताएका छन् । उनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

केही दिनअघि एक कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको दाबी गरेका थिए ।

(भट्टराईले आरोप लाएको भिडियो)

शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि  भट्टराईले लगाएको आरोपको खण्डन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने,’कसैले नलिएको, कार्य आरम्भ नभएको, हुन्छ हुँदैन, कसले गर्छ भन्ने टुङ्गो नभएको आयोजनामा पूर्व प्रधानमन्त्री जस्तो मान्छेले यति अर्ब बाँडेर खाएर भनेर गैर जिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु।’

प्रधानमन्त्री ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्व प्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु