Information is intelligence
HomeSportsआज मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै

आज मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै

- Advertisement -spot_img

यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटअन्तर्गत मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै छ ।

सेख ज्यायद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछन् ।

मुम्बई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा आठौं खेल खेल्न लागेको मुम्बई यसअघिका ७ खेल मध्य पाँच खेलमा जित निकालेको छ ।

दोस्रो स्थानको मुम्बई १० अंकका साथ दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको दिल्लीको ८ खेलबाट १२ अंक रहेको छ ।

यता चौथो स्थानमा रहेको कोलकाता आजको खेलमा सहज जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा रहेको छ । सात खेलबाट कोलकाकाले ८ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु