Information is intelligence
HomePoliticsकक्षा १२ को बार्षिक परीक्षा वैकल्पिक व्यवस्थामार्फत सञ्चालन गर्न कांग्रेसको आग्रह

कक्षा १२ को बार्षिक परीक्षा वैकल्पिक व्यवस्थामार्फत सञ्चालन गर्न कांग्रेसको आग्रह

- Advertisement -spot_img

नेपाली कांग्रेसले कक्षा १२ को बार्षिक परीक्षा वैकल्पिक व्यवस्थामार्फत सञ्चालन गर्न आग्रह गरेको छ ।

कोरोनाका कारण सात महिनादेखि रोकिएको कक्षा १२ को परीक्षण हुन सकेको छैन ।

कांग्रेसका शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने गरी परीक्षा जस्तो विषयमा सरकार उदासीन देखिएकोमा खेद प्रकट गरेका छन् । उनले बैकल्पिक व्यवस्थामार्फत परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेका छन् ।

उनीद्वारा जारी विज्ञप्तिमा कक्षा १२ को परीक्षा अगावै विचौलियाले स्नातक तहको इन्जिनियरिङ लगायत कार्यक्रममा डोनेसनको आधारमा विद्यार्थी भर्ना गरेको भन्ने बुझिएको भन्दै विचौलियालाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु