Information is intelligence
HomeEntertainment & Artsडिशहोमबाटै तामिल चलचित्र ‘का पे रनसिंगम’ रिलिज, नेपाल र भारतमा एकसाथ रिलिज

डिशहोमबाटै तामिल चलचित्र ‘का पे रनसिंगम’ रिलिज, नेपाल र भारतमा एकसाथ रिलिज

- Advertisement -spot_img

काठमाडौं । डिटिएस सेवा प्रदायक डिशहोमबाटै बलिउडको चलचित्र ‘का पे रनसिंगम’ रिलिज भएको छ । नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले ल्याएको हो । डिशहोमले दोस्रो फिल्मको रुपमा तमिल फिल्म ‘का पे रनसिंगम’ रिलिज गरेको हो ।

‘का पे रनसिंगम’ मा तामिल नायक विजय सेतुपथिको मुख्य भूमिका रहेको छ । चलचित्र सिनेमाघर इन्टरनेसनल च्यानल नं. ९९९ मा दैनिक ३ वटा सो बिहान १० बजे, दिउँसो ४ बजे र राति १० बजे हेर्न सकिने डिशहोमले जनाएको छ ।

असोज १६ गते रिलिज भएको चलचित्र ‘खाली पीली’ हेर्न चाहनुहुने दर्शकले विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सकिने उल्लेख गरिएको छ ।

चलचित्र ‘का पे रनसिंगम’ अथवा ‘खाली पीली’ हेर्न आईभिआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६६००१– २२००० मा फोन गरेर पनि सेवा सुरुवात गर्न सकिने कम्पनीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु