Information is intelligence
HomeNewsभूकम्पले ढलेका सिन्धुपाल्चोकका गुम्बाको पुनःर्निर्माण हुने

भूकम्पले ढलेका सिन्धुपाल्चोकका गुम्बाको पुनःर्निर्माण हुने

- Advertisement -spot_img

सिन्धुपाल्चोक | विसं २०७२ को महाभूकम्पले  ध्वस्त बनाएको  जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक  महत्वका पाँच ऐतिहासिक गुम्बा निर्माणका लागि यही असोज २८ गते बोलपत्र आह्वान गरिएको  छ । भारतको कर्णाटक राज्यसरकारले नेपालस्थित भारतीय दूतावासको सहयोगमा चिरीघ्याङ गुम्बा, तार्केघ्याङ गुम्बा, सुलीकोटघ्याङ गुम्बा मेलम्ची, सेर्माथाङघ्याङ गुम्बा र मेलम्चीघ्याङ गुम्बा निर्माण हुन लागेका हुन् ।

सांसद शेरबहादुर तामाङ, पूर्व अर्थ राज्यमन्त्री डा.ल्हार्क्याल लामा, वग्मती प्रदेश सांसद निमा लामाको पहलमा ती गुम्बा पुनःनिर्माणका हुन लागेको हो । विगत पाँच वर्षदेखी पहल हुँदै आएकामा  बल्ल ती धरोहरहरुको पुनर्निर्माण हुन लागेकोमा आफूलाई खुशी लागेको सांसद तामाङले बताए ।

पूर्व अर्थ राज्यमन्त्री लामाले ठूलो आर्थिक सहयोग गर्ने भारत सरकारप्रति आभार प्रकट गरे । ऐतिहासिक गुम्बाहरूको पुनःनिर्माण हुने खबरले आफूहरु  हर्षित भएको मेलम्ची घ्याङबासी  र सुलिकोट घ्याङबासीले बताए यसैगरी नवलपुर गुम्बा र लिस्ती गुम्बा निर्माणका लागि पनि छिटै बेलपत्र आह्वान गरिने सांसद तामाङले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु