Information is intelligence
HomeSportsबंगलादेशसंग मैत्रीपूर्ण खेलको तयारी

बंगलादेशसंग मैत्रीपूर्ण खेलको तयारी

- Advertisement -spot_img

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसंग मैत्रीपूर्ण खेलको तयारी गरेको छ ।

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)संग अनुमती मागेको छ । एन्फाको प्रस्तावको राखेप समेत सकारात्मक छ । राखेपले लिखित रुपमै एन्फालाई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अनुमति दिने तयारी गरेको छ ।

बंगलादेशको प्रस्तावमा नेपालले मैत्रीपूर्ण खेलको तयारी थालेको हो । करिब दर्जन देशले नेपाललाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको छन् ।

कोरोना महामारीका कारण ठप्प देखिएको घरेलु फुटबललाई अघि बढाउन एन्फाले निरन्तर प्रयास गरिरहेको छ । राष्ट्रिय टिमको प्रशिक्षण सूरु गरेर घरेलु फुटबल पनि खुल्ला गर्ने एन्फाको तयारी छ । तर एन्फाले प्रशिक्षणको अनुमती माग गर्दै अघि बढाएको प्रस्ताव मन्त्रीपरिषद्मै नपुगेर रोकिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु